आइसीसी बरियतामा पाकिस्तानका बाबर आजमलाई उछिन्दै भारतका गिल शीर्षमा
काठमाडौं । भारतका ओपनर शुभमन गिल आईसीसी एकदिवसीय ब्याट्सम्यानको वरीयतामा पहिलो स्थानमा पुगेका छन् ।
पछिल्लो वरियतामा उनले पाकिस्तानका बाबर आजमलाई पछि पारेका छन् । यसअघि बाबर आजम पहिलो स्थानमा थिए ।
शुभमन गिल यो वर्ष उत्कृष्ट फर्ममा छन् । उनले यो वर्ष खेलेका २६ ओडिआई खेलमा पाँच शतकको सहयोगमा १४४९ रन बनाएका छन् ।
विश्वकपको सुरुमा गिल फिट थिएनन् तर मैदानमा फर्किएदेखि उनले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले विश्वकपका ६ खेलमा २१९ रन बनाएका छन् ।
शीर्ष १० ब्याट्सम्यानमा भारतका विराट कोहली चौथो र कप्तान रोहित शर्मा छैटौंमा छन् । विराट कोहलीले जारी विश्वकपमा दुई शतक प्रहार गरेका छन् ।
दक्षिण अफ्रिका विरुद्ध अविजित १०१ रन बनाएर उनले सचिन तेन्दुलकरको ४९ ओडीआई शतकको संख्या बराबरी गरे।
अर्कोतर्फ, मोहम्मद सिराज आईसीसीको पछिल्लो एकदिवसीय बलरको वरीयतामा पहिलो स्थानमा छन् ।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कुलदीप यादव चौथो, जसप्रित बुमराह आठौं र मोहम्मद शामी १० औं स्थानमा छन् । दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो र पाकिस्तानका शाहिन अफ्रिदी पाँचौं स्थानमा छन् ।







डिसी नेपाल







Facebook Comment