दक्षिण अफ्रिका ५ विकेटले विजयी हुँदा अफगानिस्तान विश्वकपबाट बाहिरियो

डिसी नेपाल
२५ कार्तिक २०८० ७:५५
108
Shares

काठमाडौं। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४७.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै २४४ रन बनाएको थियो। योसँगै दक्षिण अफ्रिकाले यस विश्वकपमा सातौं जित हासिल गरेको छ। ९ खेलमा १४ अंक हासिल गरेको दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।

दक्षिण अफ्रिकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने पनि तय भइसकेको छ। त्यस्तै अफगानिस्तान यो हारसँगै विश्वकपबाट बाहिरिएको छ। अफगानिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित हासिल गर्यो भने ५ खेलमा हार बेहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.