रोयटर्स, एपी, सीएनएन, न्यूयोर्क टाइम्सका लागि काम गर्ने पत्रकारहरू विरुद्ध इजरायलको गम्भीर आरोप

डिसी नेपाल
२५ कार्तिक २०८० ९:५२
32
Shares

काठमाडौं । इजरायलका सञ्चार मन्त्रीले गाजाका चार स्वतन्त्र पत्रकारलाई हमासले इजरायलमा गरेको आक्रमणको पूर्व जानकारी रहेको आरोप लगाएका छन्। यी चार पत्रकार पश्चिमा सञ्चारमाध्यममा काम गर्छन् ।

रोयटर्स, एपी, सीएनएन र न्यूयोर्क टाइम्सका लागि काम गर्ने पत्रकारहरूलाई यो भयानक हमलाको पूर्व जानकारी रहेको श्लोमो कार्हीले बताए।

रोयटर्स, एपी, सीएनएन र न्यूयोर्क टाइम्सले यस्तो आक्रमणको पूर्व जानकारी भएको दाबीलाई अस्वीकार गरेका छन्।

न्युयोर्क टाइम्सले भनेको छ “प्रमाण बिना आरोप लगाउनु” ले स्वतन्त्र व्यक्तिहरूलाई जोखिममा राख्छ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्‍यो, जसमा १४०० भन्दा बढी इजरायली नागरिक र सैनिकहरू मारिए। हमासले २४० भन्दा बढीलाई बन्धक बनाएको थियो ।

फोटोग्राफरहरूले इजरायली ट्याङ्कहरू जलाउने, हमासका लडाकुहरूले बार तोडेर इजरायलमा प्रवेश गरेको र अजा किबुट्जमा आक्रमण गर्ने तस्बिरहरू र भिडियोहरू खिचे।

घटनास्थलमा उपस्थित फोटोग्राफरहरूले “यी बर्बरताको दस्तावेजीकरण गर्दै घटनामा प्रभावकारी रूपमा संलग्न भइरहेका बेला आक्रमण भएको” कार्हीले बताए।

यो बयान तब आयो जब एक इजरायल समर्थक वेबसाइट अनेस्ट रिपोर्टिङले एक लेख मार्फत औंल्यायो कि यस आक्रमणको फोटो खिच्ने फोटोग्राफरहरू पनि हमासको योजनाको हिस्सा हुन सक्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *