क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा

डिसी नेपाल
२५ कार्तिक २०८० २२:०६
684
Shares

काठमाडौं । जारी आइसीसी क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । पाकिस्तान बाहिरिएपछि विश्वकपको सेमिफाइनलमा भारत, दक्षिण अफ्रीका, अस्ट्रेलिया र न्यूजील्याण्ड पुगेका छन् ।

अब सेमिफाइनलमा शिर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको भिडन्त हुने छ । दुवैबीचको सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुने छ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ मा हुने छ । दुवै खेल नेपाली समय अनुसार अपराहन्न २ः१५ बजेदेखि शुरु हुने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.