भलेन्सियामाथि रियल म्याड्रिड ५-१ ले विजयी

डिसी नेपाल
२६ कार्तिक २०८० ७:१२
76
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २-२ गोल गरेका थिए भने डानी कार्भाजलले एक गोल गरेका थिए। त्यसैगरी भलेन्सियाका लागि हुगो डुरोले एक गोल फर्काएका थिए।

यो जितपछि रियल म्याड्रिडको १३ खेलमा ३२ अंक भएको छ र लिगको दोस्रो स्थानमा रहेको छ। त्यस्तै लिगको शिर्ष स्थानमा भने गिरोना रहेको छ। गिरोनाको १३ खेलमा ३४ अंक रहेको छ।

त्यसैगरी भलेन्सियाको भने यो हारपछि १३ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.