पाकिस्तानमाथि इङ्ल्याण्डको ९३ रनको जित

डिसी नेपाल
२६ कार्तिक २०८० ७:१६
96
Shares

काठमाडौं। इङ्ल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ। जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो।

इङ्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट हुँदै २४४ रन मात्र बनाएको थियो। यसअघि इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३३७ रन बनाएको थियो।

योसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ। पाकिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित र ५ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहँदै विश्वकपको यात्रा टुंगिएको छ।

त्यस्तै इङ्ल्याण्डले यस विश्वकपमा ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर सातौं स्थानमा रहँदै विश्वकप सकेको छ। इङ्ल्याण्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भने आफ्नो स्थान सुरक्षित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *