काग्लीअरीमाथि युभेन्टस २-१ ले विजयी
काठमाडाैं। इटालियन सिरी ए अन्तर्गत युभेन्टसले काग्लीअरीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा युभेन्टसले काग्लीअरीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
युभेन्टसको जितमा ग्लेइसन ब्रेमेर र डानीएले रुगानीले एक एक गोल गरेका थिए। त्यसैगरी काग्लीअरीका लागि अल्बेर्टो डोस्सेनाले एक गोल फर्काएका थिए। यो जितसँगै युभेन्टस सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ । १२ खेलमा ९ खेल जितेको युभेन्टसको २९ अंक रहेको छ।
त्यस्तै काग्लीअरीको भने १२ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment