रोबोटले मानिसको हत्या गर्यो
काठमाडौं । दक्षिण कोरियामा रोबोटले एक व्यक्तिको हत्या गरेको छ । रोबोटले बक्स र मानिसमा फरक छुट्याउन सकेन।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार रोबोटको हातमा कुनै खराबीका कारण दुर्घटना भएको हो, जुन चीजहरू समात्ने हात जस्तो उपकरण हो।
यो रोबोट हातले क्यान उठाएर प्यानलमा राख्नु पर्ने थियो, तर क्यानको सट्टा यसले मानिसलाई समात्यो।
योनहापका अनुसार कर्मचारीले रोबोटको सेन्सर अपरेशन जाँच गर्ने क्रममा यो दुर्घटना भएको हो । यसै क्रममा रोबोटिक हातले कर्मचारीलाई बक्स सम्झेर समातेर अटोमेटिक प्यानलतर्फ धकेल्यो ।
जसका कारण कर्मचारीको अनुहार र छातीमा नराम्ररी चोट लागेको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment