विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत

डिसी नेपाल
२७ कार्तिक २०८० ६:३०
360
Shares

काठमाडाैं। भारतमा जारी आइसिसि एकदिवसिय क्रिकेटमा समूह चरणका खेलहरु सकिएका छन्। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसलाई १६० रनले हराउदै भारतले अपराजित यात्रा कायम राख्यो।

अन्तिम खेलमा सम्मानजनक रन बनाएको भारतले ४ विकेटको क्षतिमा ४१० रनको योगफल तयार पार्‍याे। भारतका लागी श्रेयस लियरले १ सय २८ रन बनाउँदा के एल राहुलले १ सय २ रन बनाए।

विशाल रनको लक्ष्यसहित ब्याटिङ गरेको नेदरल्याण्ड २५० रनमा अल आउट भयो । यो खेलसगै विश्वकपका ४५ खेल सकिएका छन्। अब ३ खेल बाँकी छन्।

जसमा भारतीय टीमले न्यूजील्याण्डविरुद्ध सेमीफाइनल खेल्नेछ। भारत र न्यूजील्याण्डबीचको सेमीफाइनल खेल पर्सि बुधवार मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । त्यसैगरी विहिबार साउथ अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.