गाजाको अल शिफा अस्पतालबाट मानिसहरूलाई बाहिर निकाल्न कोरिडोर खुला: इजरायली सेना

डिसी नेपाल
२७ कार्तिक २०८० १०:१३
408
Shares

काठमाडौं । इजरायली सेनाका प्रवक्ताले अल शिफा अस्पतालमा फसेका मानिसहरूलाई बाहिर निकाल्न करिडोर खोलिएको बताएका छन्।

प्रवक्ता अविचे आद्राईले अल वाह्दा स्ट्रिटदेखि सलाह अल दिनसम्म जाने बाटो खुला गरिएको बताए । उनले गाजा पट्टीको दक्षिणतर्फ जान मानिसहरूलाई आग्रह गरेका छन्।

यसअघि इजरायली सेनाका एक महिला प्रवक्ताले बीबीसीलाई इजरायली सेना अल शिफा अस्पतालका कर्मचारीसँग सम्पर्कमा रहेको बताएकी थिइन् । उनले अस्पतालमा सेनाले फायर नगरेको बताइन् ।

उनले भनिन्, “म स्पष्ट गर्न चाहन्छु कि आइडीएफले अल शिफा अस्पताललाई लक्षित गरिरहेको छैन। हामी अस्पताल नजिकै हमासको गोलीबारीको जवाफ दिइरहेका छौं। मलाई लाग्छ कि यो तथ्यको प्रतीक हो कि हमास र अरूले नागरिक क्षेत्रहरूलाई सम्मान गर्दैनन्।”

“हामी अल शिफा अस्पतालका कर्मचारीहरूसँग सम्पर्कमा छौं र अस्पताल खाली गर्न मद्दत गर्नेछौं,” उनले भनिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *