उदाउँदा बलरले १ ओभरका ६ बलमा सबै ६ विकेट लिएर इतिहास रचे
काठमाडौं । अस्ट्रेलियाका एक उदीयमान बलरले आफ्नो अन्तिम ओभरमा यस्तो चमत्कार गरेका छन् जुन क्रिकेटको इतिहासमा अहिलेसम्म कुनै बलरले गरेको छैन ।
मुडगेराबा टोलीका बलर ग्यारेथ मोर्गनले स्थानीय स्तरको एकदिवसीय खेलको अन्तिम ओभर (४० औं ओभर) को सबै ६ बलमा विपक्षी टोलीका बाँकी ६ खेलाडीलाई आउट गरेर इतिहास रचे।
सर्फर्स प्याराडाइजको टोलीले मुडगेराबा टोलीविरुद्धको खेल जित्न अन्तिम ओभरमा पाँच रन मात्र जोड्नुपर्ने थियो । उसका ४ खेलाडी मात्र आउट भएका थिए र ६ विकेट बाँकी थियो ।
यस्तो अवस्थामा मुडगेराबा टोलीका कप्तानले अन्तिम ओभर बलिङ गर्ने जिम्मेवारी आफ्ना बलर ग्यारेथ मोर्गनलाई दिएका थिए ।
खेल हेरिरहेका सबैलाई चकित पार्दै मोर्गनले आफ्नो ओभरको ६ बलमा विपक्षी टोलीका बाँकी ६ ब्याट्सम्यानलाई आउट गरे ।
मोर्गनको सुरुवाती चार बलमा ब्याट्सम्यानहरू एक एक गरेर क्याच आउट भए। र अन्तिम दुई बलमा उनले ब्याट्सम्यानलाई बोल्ड गरे।
क्रिकेट इतिहासमा मोर्गनको उपलब्धिको नजिक पुग्न सक्ने तीनजना मात्र व्यावसायिक खेलाडी छन् जसले एकै ओभरमा पाँच खेलाडीलाई आउट गरेका छन् ।







डिसी नेपाल







Facebook Comment