विश्वकप सेमिफाइनलः कोहली र श्रेयसको शतकमा न्युजिल्याण्डलाई विशाल लक्ष्य

डिसी नेपाल
२९ कार्तिक २०८० १८:१०
396
Shares

काठमाडौं । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज भारत र न्युजिल्याण्डबीच खेल भइरहेको छ । वानखडे स्टेडियम मुम्बईमा जारी खेलमा भारतले न्युजिल्याण्डलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनायो । भारतका लागि विराट कोहली र श्रेयस ऐयरले शतक बनाए । कोहलीले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाए । यस्तै श्रेयसले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन बनाए । शुभमन गीलले ८० रन बनाउँदा कप्तान रोहित शर्माले ४७ तथा केएल राहुलले ३९ रन बनाए ।

न्युजिल्याण्डका टीम साउदीले १० ओभरमा १०० रन दिएर ३ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.