विश्वकप सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदै
काठमाडौं। जारी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुँदै छ। कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि शुरु हुनेछ।
यस विश्वकपको लिग चरणमा दक्षिण अफ्रीका समुह चरणमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो। दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो। त्यस्तै अस्ट्रेलियाले पनि ९ खेल मध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।
पछिल्लो पटक २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले २०१९ को विश्वकपमा सेमिफाइनलमा हार बेहोरेको थियो। त्यस्तै दक्षिण अफ्रिका २०१५ को विश्वकपपछि फेरि सेमिफाइनल खेल्दै छ।
अस्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरि सबैभन्दा बढी पाँच पटक विश्वकप जितेको थियो। अहिलेसम्म विश्वकपको फाइनलमा पुग्न नसकेको दक्षिण अफ्रिका योसहित पाँच पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको छ। दक्षिण अफ्रिका यसअघि १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलमा पराजित भएको थियो।
एकदिवसीय खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म १०९ खेल भएका छन्। जसमा अस्ट्रेलिया ५० पटक विजयी भएको छ भने दक्षिण अफ्रिका ५५ पटक विजयी भएको छ। त्यसैगरी एक खेलको नतिजा आएको थिएन भने ३ खेल बराबरीमा सकिएको थियो।







डिसी नेपाल







Facebook Comment