किन भाइरल भइरहेको छ भारतीय कप्तान रोहित शर्माको १२ वर्ष पुरानो ट्वीट ?

डिसी नेपाल
३० कार्तिक २०८० १४:३१
184
Shares

काठमाडौं । विश्वकपमा उत्कृष्ट लयमा रहेको भारतीय टोली र यसका कप्तान रोहित शर्मा आजकाल करोडौंको चर्चाको विषय बनेका छन् ।

न्युजिल्यान्डविरुद्ध बुधबारको खेलमा पनि रोहित शर्माले शान्त शैलीमा खेल्दै उत्कृष्ट ४७ रन बनाएका थिए ।

इनिङ्सको सुरुमै छिटो रन बनाउने उनको शैलीको स्वदेशमा मात्रै होइन विदेशमा पनि प्रशंसा भइरहेको छ ।

यसैबीच, भारतीय कप्तानको १२ वर्ष पुरानो सन् २०११ को ट्वीट भाइरल भइरहेको छ।

यो ट्विट सन् २०११ को विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको र रोहित शर्मालाई उक्त टोलीमा स्थान नदिएको बेलाको हो ।

रोहित शर्माले जनवरी ३१ मा आफ्नो ट्विटर अकाउन्टमा लेखेका थिए, “वास्तवमा, म विश्वकप टोलीको हिस्सा बन्न नपाउँदा धेरै दुखी छु।”

उनले लेखेका छन्, ‘म यहाँबाट अघि बढ्नुपर्छ । तर इमानदारीपूर्वक भन्नुपर्दा, यो ठूलो धक्का हो।’

रोहित शर्माले पछिल्लो १२ वर्षमा क्रिकेटका तीनवटै ढाँचामा जसरी आफ्नो छाप छोडेका छन्, त्यसले अगाडि बढ्नु पर्ने उनको पुरानो भनाइलाई प्रमाणित गरेको छ ।

रोहित शर्मा मात्र होइन, भारतीय टोलीका वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविड पनि २०११ को विश्वकपमा सहभागी भएका थिएनन् ।

यदि भारतीय टोली २०२३ को विश्वकप जित्न सफल भयो भने कप्तान रोहित शर्मा र मुख्य प्रशिक्षक राहुल द्रविड विश्वविजेता टोलीको हिस्सा हुन नपाउँदाको दुवैको पीडा हट्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.