दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
काठमाडौं । भारतमा जारी आईसीसी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । इडेन गार्डेन कोलकत्तामा भएको खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी हुँदै आठाैँ पटक फाइनल पुगेको हो । अष्ट्रेलियाले उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ ।
दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाका ट्राभिस हेडले ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै स्टिभ स्मिथले ३०, डेभिड वार्नरले २९ तथा जोस इंग्लिसले २८ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोट्जी र तब्रेज शम्सीले २/२ विकेट लिए ।
यसअघि दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गर्दै ४९.४ अोभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो । अफ्रिकाका डेभिड मिलरले शतकीय पारी खेले । उनले ११६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा १०१ रन बनाए । यस्तै हेनरी क्लासेनले ४७ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले ३/३ विकेट लिए ।







डिसी नेपाल







Facebook Comment