विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
काठमाडौं। विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल यूएईसँग ४-० ले पराजित भएको छ। यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४-० ले पराजित बनेको हो।
विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध खेलेको नेपालले चारै गोल पहिलो हाफमा ब्यहोरेको थियो। एसियाली फुटबलको बलियो राष्ट्र यूएईविरुद्ध नेपालले दोस्रो हाफमा भने सुधारिएको प्रर्दशन गर्यो।
डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केहि आक्रमणलाई विफल पारेका थिए । नेपालले खेलको ८१औं मिनेटमा राम्रो अवसर पाएको थियो । मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार यूएईका गोलरक्षकले मुस्किलले बचाएका थिए ।
यो खेलपछि नेपालले अब यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ । नेपालको समूहमा यूएईसँगै यमन र बहराइन पनि रहेका छन् । नेपाली टोलीले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ ।
यमनविरुद्धको पहिलो लेग मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको खेल खेल्ने अवसर पाएको हो ।







डिसी नेपाल







Facebook Comment