रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी
काठमाडौं। युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ। समूह जे मा रहेको पोर्चुगलले गएराती सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक एक गोल गरेका थिए।
युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौं जित हो। युरोकपका लागि यसअघि नै छनौट भएको पोर्चुगलको समूह जे मा ९ खेलमा २७ अंक रहेको छ र समूहमा शिर्ष स्थानमा रहेको छ।
त्यस्तै लिएचटेनस्टेइनले भने ९ खेलमा सबै खेलमा हार ब्यहाेरेकाे छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment