विश्वकप क्रिकेट खेल्ने भारतीय खेलाडीको नाडीमा ‘बिशेष डिभाइस’
गुजरात। सन् २०२३ को विश्वकपमा भारतीय टोलीको यात्रा निकै शानदार रह्यो।
भारतीय टोलीले सेमिफाइनलसम्मका सबै खेल जितेको छ। अब टीम इण्डियाले नोभेम्बर १९ मा फाइनल खेल अष्ट्रेलियासँग खेल्दैछ।
यस विश्वकपमा भारतीय टिमका हरेक खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शनले सबैको ध्यान खिचेका छन् भने अर्कोतर्फ भारतीय टोलीका खेलाडीको नाडीमा बाँधिएको डिभाइसले पनि ध्यान खिचेको छ।
प्रत्येक खेलमा टीम इन्डियाका खेलाडीहरू आफ्नो नाडीमा स्मार्ट घडी जस्तो उपकरण लगाएर मैदान प्रवेश गर्ने गरेको देखिन्छ। अब सबैजना जान्न चाहन्छन् कि यो यन्त्र के हो र? किन भारतीय खेलाडीहरूले यसलाई आफ्नो नाडीमा बाँधेर खेलिरहेका छन्।
टीम इण्डियाका खेलाडीहरूको नाडीमा बाँधिएको यो डिभाइस एक फिटनेस ब्यान्ड हो, जुन हूप नामको कम्पनीले बनाएको हो। यो यन्त्रले च्याट जीपीटीलाई पनि समर्थन गर्दछ। यो यन्त्रसँग कुनै पनि कुरा सञ्चार गर्न सकिँदैन,न त यसमा स्क्रिन नै छ। निद्राको चक्र, तनाव, शरीर रिकभरी, मुटुको गति जस्ता जानकारी यस यन्त्रबाट लिइन्छ र यसलाई मोबाइल एपमार्फत सञ्चालन गरिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment