विश्वकप फाइनल: अहमदाबादको पिचबारे अस्ट्रेलियाका कप्तान र मिडियाले के भन्छन् ?

डिसी नेपाल
३ मंसिर २०८० १३:००
1.2k
Shares

काठमाडौं । भारत र अष्ट्रेलियाबीच आज हुने विश्वकप फाइनलको पिचबारे अड्कलबाजी भइरहेको छ ।

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले शनिबार लामो समयसम्म पिचको निरीक्षण गरेका थिए । उनी आफ्नो मोबाइल लिएर पिचमा पुगेका थिए ।

पिचको छेउमा उभिएका उनले तस्विर खिचेको जस्तो गरी मोबाइलमा हेरिरहेका थिए । पछि उनलाई पिचको बारेमा प्रश्न गरिएको थियो।

प्याट कमिन्सले भने, “म पिच राम्रोसँग परीक्षण गर्न सक्दिन तर यो निकै कडा देखिन्छ।”

उनले थप भने, ‘भर्खरै पानी खन्याएको छ । त्यसैले हामी यसलाई २४ घण्टा पछि फेरि हेर्नेछौं तर यो राम्रो पिच जस्तो देखिन्छ।’

मुम्बईमा खेलिएको सेमिफाइनलअघि भएको विवादका कारण पिचको पनि चर्चा भइरहेको छ । त्यसपछि आईसीसी पिच कन्सल्टेन्ट एन्डी एटकिन्सनलाई उद्धृत गर्दै भारत–न्युजिल्यान्ड सेमिफाइनलको पिच अन्तिम समयमा परिवर्तन गरिएको दाबी गरिएको थियो ।

फाइनल खेलको पिचलाई लिएर अस्ट्रेलियाली मिडियामा चर्चा चलिरहेको छ । सिड्नी मर्निङ हेराल्डका अनुसार प्याट कमिन्सले ग्राउन्ड स्टाफलाई पिचको बारेमा ‘आफ्नो चिन्ता व्यक्त’ गरेको दाबी गरिएको छ।

अखबारले लेख्यो, “कमिन्सले पिचको दुबै छेउको बारेमा चिन्ता व्यक्त गरे। यसपछि क्युरेटरले पिचमा रोलर चलाउन थाले।”

अष्ट्रेलियाको टोलीले पिच हेरेर अन्तिम एघारको निर्णय गर्ने अखबारले दाबी गरेको छ ।

“फाइनलको लागि तयार गरिएको पिच बीचमा ठोस छ तर दुबै छेउमा रफ छ र रोल गरिएको छैन,” अखबारले टोली स्रोतलाई उद्धृत गर्दै दाबी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *