कविता : साथी म पनि हिँडे खाडी मुलुक

राकेश कार्की
५ मंसिर २०८० १०:२९
156
Shares

सानो कुम्लोकुटुरो बोकेर
ट्याक्कटुक्क अंग्रेजी घोकेर
एयरपोर्ट तिर लुसुक लुसुक
साथी म पनि हिँडे खाडीमुलुक

टुङ्गो छैन कहिले आउँछु
फेरि आफ्नो गाउँमा
जाँदैछु जीवनको मूल्य
तोकिने त्यस्तो ठाउँमा

काम छैन माम छैन
गाह्रो भो परिवार पाल्न
काखकी छोरी प्यारी छोडी
आँसु पुछ्दै पर्‍याे विदेशिन

सम्झँदै रूँदै घर खेतबारी
मनमा दुख्छ विरह
मरूभूमीको तातोमा दिनरात
हामी भयौँ पशु सरह

बन्धक बने दिदी बहिनी
शारीरिक र मानसिक यातना
आफ्नै देशमा बस्न पाइएन
कल्ले छिन्यो हाम्रो सपना

आफ्नै देशमा कहिले पो
काम गरी खान पाइएला
सानी छोरी र प्यारीको
मायामा सँगै रमाइएला

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.