बाबर आजम अष्ट्रेलिया विरुद्ध टेस्ट सिरिजको खेलको तयारी गर्दै
काठमाडौं । पाकिस्तानले एकदिवसीय विश्व च्याम्पियन र आईसीसी टेस्ट च्याम्पियनसिप विजेता अष्ट्रेलिया विरुद्धको तीन टेस्टको शृंखलाका लागि आफ्नो टोली घोषणा गरेको छ ।
टोली घोषणासँगै पूर्व कप्तान बाबर आजमले तयारी सुरु गरेका छन् । उनले अभ्यासको भिडियो पनि पोस्ट गरेका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले आजै १८ सदस्यीय टोलीको घोषणा गरेको छ । यो जानकारी सामाजिक सञ्जाल साइट एक्समा दिइएको छ।
बाबर आजमले राजीनामा दिएपछि पाकिस्तानको टेष्ट कप्तान बनेका शान मसूदको नेतृत्वमा यो टोली अष्ट्रेलियाको भ्रमणमा जानेछ ।
पाकिस्तानले त्यहाँ पर्थ, मेलबर्न र सिड्नीमा तीन टेस्ट खेल्नेछ। पहिलो टेस्ट डिसेम्बर १४ बाट हुनेछ ।
पाकिस्तानको टोलीमा आमिर जमाल, अब्दुल्ला शफिक, अबरार अहमद, बाबर आजम, फहीम अशरफ, हसन अली, इमाम उल हक, खुर्रम शहजाद, मीर हमजा, मोहम्मद रिजवान, मोहम्मद वसीम जूनियर, नोमान अली, साम अयुब, सलमान अली आगा, सरफराज अहमद, साउद शकील र शाहीन शाह अफ्रिदी छन् ।
अष्ट्रेलिया भ्रमणमा हुने टेष्ट सिरिजका लागि टोली घोषणा हुनासाथ बाबर आजमले अभ्यास सुरु गरेका थिए । उनले आफ्नो अभ्यासको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् ।
विश्वकपमा टोलीको खराब प्रदर्शनपछि बाबर आजम आलोचकको निशाना बनेका थिए । पछि उनले कप्तानीबाट राजीनामा दिए ।







डिसी नेपाल







Facebook Comment