विश्वकप फाइनलमा विराट कोहलीलाई क्रिजमा समात्ने व्यक्तिको बारेमा प्रहरीले के भन्यो ?

डिसी नेपाल
५ मंसिर २०८० १२:२१
1.9k
Shares

काठमाडौं । आइतबार भारत र अष्ट्रेलियाबीचको फाइनल खेलमा प्यालेस्टाइनको समर्थनमा मैदान प्रवेश गरेका व्यक्तिको बारेमा गुजरात प्रहरीले विस्तृत जानकारी दिएको छ ।

अहमदाबादका संयुक्त पुलिस आयुक्त (अपराध) नीरज कुमार बडगुजरले एएनआईलाई भने, “यी व्यक्तिको नाम भान जोन्सन हो। उनी अस्ट्रेलियाका नागरिक हुन् । उनकी आमा इन्डोनेसिया र बुबा चीनका हुन् ।”

प्रहरीका अनुसार उनले जति कमाउँछग् त्यो सबै खेल हेर्न खर्च गर्छन् । र उनले यी खेलहरूमा घुसपैठ गर्छन्। सन् २०२० मा उनी रग्बी खेलमा मैदान प्रवेश गरेका थिए । त्यसपछि उनलाई २०० अमेरिकी डलरभन्दा बढी जरिवाना गरी रिहा गरियो।

सन् २०२३ मा पनि उनी महिला खेलमा प्रवेश गरेका थिए । जसका लागि उनलाई ५ सय अमेरिकी डलर जरिवाना गरिएको थियो । उनी हिजोको खेलमा चर्चित बन्न मैदानमा उत्रेका थिए ।

भारतीय टोलीलाई सपोर्ट गर्दै उनी निलो टिसर्ट लगाएर गेट नम्बर १ बाट रंगशाला प्रवेश गरेका थिए । त्यसपछि काँडेतारले छोपिएको ६.५ फिट अग्लो बारबाट हाम फाले । उनको हातमा पनि चोट लागेको छ ।

यस सम्बन्धमा एफआईआर दर्ता गरिएको छ। अहिले अनुसन्धान अपराध महाशाखालाई हस्तान्तरण गरिएको छ । प्रहरीले १ दिनको रिमाण्ड पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.