उमर गुल र सईद अजमल पाकिस्तानको बलिङ प्रशिक्षक नियुक्त
काठमाडौं । विश्वकपमा खराब प्रदर्शन गरेपछि परिवर्तनको अवधिबाट गुज्रिरहेको पाकिस्तानी टोलीको कोचिङ स्टाफमा दुई पूर्व क्रिकेटरलाई समावेश गरिएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अनुसार उमर गुल र सइद अजमल पाकिस्तानी टोलीको बलिङ प्रशिक्षक हुनेछन्।
पाकिस्तानी टोलीले डिसेम्बरमा अष्ट्रेलिया भ्रमण गर्ने छ । जहाँ टोलीले तीन टेस्ट र पाँच ट्वान्टी-२० खेल खेल्नुपर्नेछ। पाकिस्तानको टेस्ट टिमको कमाण्ड शान मसूदलाई सुम्पिएको छ । हिजो सोमबार मात्रै टोली घोषणा गरिएको हो ।
उमर गुल कुनै समय पाकिस्तानी टिमका नियमित सदस्य थिए । उनले सन् २००३ देखि २०१६ सम्म पाकिस्तानका लागि खेलेका थिए ।
दाहिने हातले छिटो बलिङ गर्ने गुलले पाकिस्तानका लागि ४७ टेस्टमा १६३ विकेट, १३० एकदिवसीय खेलमा १७९ विकेट र ६० टी-२० खेलमा ८५ विकेट लिएका थिए।
सइद अजमल अफ स्पिनर थिए। उनले सन् २००९ देखि २०१५ सम्म पाकिस्तानका लागि ३५ टेस्ट, ११३ एकदिवसीय र ६४ टी-२० खेल खेलेका थिए।
उनले टेस्ट खेलमा १७८, एकदिवसीयमा १८४ र टी–२० मा ८५ विकेट लिएका छन् ।







डिसी नेपाल







Facebook Comment