ब्राजिलमाथि अर्जेन्टिनाको जित, ओटामेन्डीले गरे गोल
काठमाडौं। अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ। दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा खेलको ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा खेलको ८१औं मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो।
ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो। यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको ६ खेलमा १५ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ।
ब्राजिलको भने विश्वकप छनौटमा यो तेस्रो हार हो। ६ खेलमा २ खेल जितेको ब्राजिलले एक बराबरी खेलेको छ र अंकतालिकामा छैटौं स्थानमा झरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment