अल नासरको जितमा रोनाल्डोको दुई गोल
काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए। रोनाल्डोले खेलको ७७ र ८० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै अर्को गोल खेलको १३औं मिनेटमा सामी अल नाजेइले गरेका थिए।
यो जितपछि अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यसैगरी अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment