एनएसएल : बुटवल लुम्बिनीमाथि ललितपुर सिटी २-० ले विजयी

डिसी नेपाल
९ मंसिर २०८० २१:०१
24
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनीलाई २–० गोल अन्तरले पराजित गरेको हो  ।

ललितपुरको जितमा दिनेश हेम्जन र अनन्त तामाङले एक एक गोल गरेका थिए  । दिनेशले खेलको २६औं मिनेटमा गोल गरेका थिए भने अनन्तले खेलको ३१औं मिनेटमा गोल गरेका थिए  । यो जितपछि ललितपुरले महत्वपूर्ण ३ अंक हासिल गरेको छ  ।

शनिबारनै सम्पन्न खेलमा पोखरा थण्डर्सले एफसी चितवनलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

एनएसएल अन्तर्गत आइतबार एक खेल हुदैँ छ । आइतबार विरगंज युनाइटेड एफएसी र धनगढी एफसीबीच खेल हुदैँ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.