म्यानचेस्टर सिटी र लिभरपुल १-१ गोलको बराबरीमा
काठमाडौं। इंलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ। शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७औं मिनेटमा अग्रता लिएपनि लिभरपुलले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो। लिभरपुलका लागि ट्रेन्ट एलेजेन्डर आर्नोल्डले गोल गरेका थिए।
यो बराबरीपछि म्यानचेस्टर सिटीको यो बराबरीपछि प्रिमियर लिगको अंक तालिका रोचक देखिएको छ। सिटीको बराबरीपछि अब आर्सनलले सिटीलाई उछिनेर शिर्ष स्थानमा जाने अवसर पाएको छ। आर्सनलले आजराती ब्रेन्टफोर्डविरुद्ध खेल्दै छन्।
यो खेलपछि सिटीको १३ खेलमा २९ अंक भएको छ भने आर्सनलको १२ खेलमा २७ अंक रहेको छ। त्यसैगरी सिटीसँग एक अंक खोसेको लिभरपुलको १३ खेलमा २८ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment