ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शिर्ष स्थानमा उक्लियो
काठमाडौं। इंलिश प्रिमियर लिगमा आर्सनल शिर्ष स्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डमाथि १-० गोल अन्तरको जित हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो।
आर्सनलको जितमा खेलको ८९ औँ मिनेटमा काइ हाभेर्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि आर्सनलको १३ खेलमा ३० अंक भएको छ र आर्सनल शिर्ष स्थानमा उक्लिएको छ।
लिगमा म्यानचेस्टर सिटी १३ खेलमा २९ अंकका साथ दोस्रो र लिभरपुल १३ खेलमा २८ अंकका साथ तेस्रो स्थानमा रहेको छ। त्यसैगरी ब्रेन्टफोर्डको भने १३ खेलमा १६ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment