दोस्रो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनोट संकटतर्फ
काठमाडौं। आइसीसी टी-२० विश्वकप छनोट अन्तर्गत अफ्रिका छनौटमा जिम्बाबेले दोस्रो हार बेहोरेको छ।
आइतबार सम्पन्न खेलमा युगान्डाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३७ रनको लक्ष्य पछाएको युगान्डाले १९।१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो।
अफ्रिका छनौट अन्तर्गत जिम्बाबेको यो दोस्रो हार हो। यसअघि जिम्बाबे नामिबियासँग ७ विकेटले पराजित भएको थियो।
अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन्। जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन्।
यो हारपछि जिम्बाबेको टी(२० विश्वकप छनौट संकटमा परेको छ। जिम्बाबेले ३ खेलमा एक खेल जितेको छ र दुई खेलमा हार बेहोरेको छ। योसँगै जिम्बाबेको विश्वकप छनौट संकटउन्मुख भएको छ।
त्यस्तै युगान्डाले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । अहिलेसम्म नामिबिया र केन्याले आफ्ना शुरुका ३(३ खेल जितेर पहिलो र दोस्रो स्थानमा रहेका छन्।







डिसी नेपाल







Facebook Comment