ललितपुरको भैंसेपाटीमा प्रगती कप-२०८० हुने
काठमाडाैं। ललितपुरको भैसेपाटीमा “प्रगती कप-२०८०” यही मंसिर महिनाको २३ गते बाट फुटबल प्रतियोगिता हुने भएको छ।
प्रगती युवा क्लबले आयोजना गर्न लागेको सो प्रतियोगिता भैंसेपाटी स्थित आवास खेल मैदानमा हुनेछ भने बिजय हुने टिमलाई नगद २ लाखसहित ट्रफी मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन्। दोस्रो हुने टिमले नगद १ लाखसहित ट्रफी मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन्।
सेमिफाइनलसम्मको यात्रा तय गर्ने टिमले नगद १५-१५ हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर र सर्वधिक गोलकर्ता खेलाडीहरुलाई जनही १५-१५ हजार सहित ट्रफी प्राप्त गर्नेछन्।
प्रतियोगितामा दर्ता शुल्क १५ हजार तोकियो छ भने र दर्ता गर्ने अन्तिम मिति मंसिर महिनाको २० गते सम्म रहेको आयोजक समितिले जानकारी दिएकाे छ।







डिसी नेपाल








Facebook Comment