न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित
काठमाडौं।इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएको हो।
न्यूक्यासलको जितमा खेलको ५५औं मिनेटमा एन्थोनी गोरडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यो जितपछि न्यूक्यासलको १४ खेलमा २६ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ। त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा छैटौं हार हो। १४ खेलमा २४ अंक रहेको म्यानचेस्टर युनाइटेड सातौं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment