वोल्भ्समाथि आर्सनलको २-१ को जित
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा आर्सनलले वोल्भ्समाथि २-१ गोलको जित हासिल गरेको हो।
आर्सनलको जितमा बुकायो साका र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए। त्यस्तै वोल्भ्सका लागि माथेअस चुनाले एक गोल फर्काएका थिए।
यो जितपछि आर्सनल १४ खेलमा ३३ अंकसहित प्रिमियर लिगको शिर्ष स्थानमा कायम रहेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ४ अंकले अगाडि रहेको छ। यद्यपि सिटीले एक खेल कम खेलेको छ।
त्यसैगरी वोल्भ्सको भने १४ खेलमा १५ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment