यू-१९ एसिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
काठमाडौं। एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुँदै १५२ रन बनाएको हो।
नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए। त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए। यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए।
नेपालका लागि तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ र कप्तान देव खनालले शुन्य, गुलशन झाले १, बिशाल विक्रम केसीले १, विपिन रावलले शुन्य र सुबाश भण्डारीले ८ रन र आकाश चन्दले ५ रन बनाएका थिए।
त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिएका थिए। जिशानले ९.२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए। त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक एक विकेट लिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment