उडिनेसमाथि इन्टर मिलानको फराकिलो जित

डिसी नेपाल
२४ मंसिर २०८० ८:५३
12
Shares

काठमाडौं। इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसमाथि शानदार जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

इन्टर मिलानको जितमा हाकन कलहानोग्लु, फेडेरिको डिमार्को, मार्कस थुराम र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए। यो जितपछि इन्टर मिलानको सिरी ए मा १५ खेलमा ३८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ।

त्यसैगरी उडिनेसको भने १५ खेलमा १२ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.