न्यूक्यासलमाथि टोटनह्यामको ४-१ को जित

डिसी नेपाल
२५ मंसिर २०८० ७:०६
24
Shares

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा टोटनह्यामले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक एक गोल गरेका थिए। त्यस्तै न्यूक्यासलका लागि एक गोल जेलिंगटनले गरेका थिए। यो जितपछि टोटनह्यामको १६ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।

त्यसैगरी न्यूक्यासलको भने यो यस सिजनमा छैटौं हार हो। १६ खेलमा २६ अंक रहेको न्यूक्यासल लिगमा सातौं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *