एसी मिलानसँग न्युक्यासल पराजित

डिसी नेपाल
२८ मंसिर २०८० ७:३९
132
Shares

काठमाडौं।यूईएफए च्याम्पियन्स लिग फुटबलमा समूह एफ अन्तर्गतको खेलमा एसी मिलानले जित निकालेको छ।

गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २-१ गोलले हराउँदै मिलान विजयी भएको हो। यो हारसँगै न्युक्यासल समूह चरणबाटै बाहिरिएको छ।
मिलानका जोइलिघंटन र सामुयल चुकवुजले एक-एक गोल गरेका थिए । यस्तै, न्युक्यासलका क्रिष्टियन पुलिसिकले एक गोल फर्काएका थिए।

यो जितसँगै एसी मिलान समूहमा ६ खेलबाट ८ अंकसहित एसी मिलान तेस्रो स्थानमा छ। पराजित भएको न्युक्यासलको ५ अंक रह्यो।

यस्तै, शीर्ष स्थानको डर्टमन्डको ११ अंक छ भने दोस्रो स्थानको पीएसजीको ८ अंक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.