युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा कुन कुन क्लब पुगे?
काठमाडौं। यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पूरा भएको छ। समूह चरणका खेलहरु गएराती सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो।
राउण्ड १६ मा समूह ए बाट बायर्न म्युनिख र कोपेनहेगन, समूह बी बाट आर्सनल र पीएसभी, समूह सी बाट रियल म्याड्रिड र नापोली, समूह डी बाट रियल सोसियडाड र इन्टर मिलान, समूह ई बाट एथलेटिको म्याड्रिड र लाजियो, समुह एफ बाट डोर्टमण्ड र पिएसजी, समुह जी बाट म्यानचेस्टर सिटी र आरबी लेइपजिंग तथा समुह एचबाट बार्सिलोना र पोर्टो पुगेका छन्।
त्यसैगरी सबै समूहबाट तेस्रो भएका क्लबहरु युरोपा लिगमा ट्रान्सफर भएका छन्। जसमा समूह ए बाट गालाटासारे, समूह बी बाट लेन्स, समूह सी बाट ब्रागा, समूह डी बाट बेनिफिका, समूह ई बाट फेयनोर्ड, समुह एफ बाट एसी मिलान, समुह जी बाट योंग ब्य्वाज र समुह एचबाट शख्तर डोनेटस्क रहेका छन्।
अब राउण्ड १६ को ड्र डिसेम्बर १८ मा हुने छ भने राउण्ड १६ का खेलहरु फेब्रुअरी र मार्चमा हुने छन्।







डिसी नेपाल







Facebook Comment