लिभरपुल र म्यानचेस्टर युनाइटेडको गोलरहित बराबरी

डिसी नेपाल
२ पुष २०८० ८:३६
112
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलमा दुवै टोलीलाई थुप्रै अवसर प्राप्त भए पनि गोल गर्न सकेनन् । म्यानचेस्टरसँग गोल निकाल्न नसक्दा लिभरपुलले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ।

यो बराबरी पछि लिभरपुल १७ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि समान ३८ अंक नै छ । पहिलो स्थानमा रहेको आर्सनलको ३९ अंक छ । म्यानचेस्टर युनाइटेड भने २८ अंकसहित सातौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.