भिल्ला रियलमाथि रियल म्याड्रिडको ४-१ को फराकिलो जित

डिसी नेपाल
२ पुष २०८० ९:५८
68
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्ग रियल म्याड्रिडले भिल्ला रियलमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा जुडे बेलिङघम, रोड्रीगो, ब्राहिम डियाज र लुका मोड्रीचले एक एक गोल गरेका थिए। त्यसैगरी भिल्लारियलका लागि जोसे लुइस मोरालेजले एक एक गोल गरेका थिए।

यो रियल म्याड्रिडको यस सिजनमा १३ औं जित हो। १७ खेलमा ४२ अंक हासिल गर्दै रियल म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिएको छ। त्यस्तै एक खेल कम खेलेको गिरोना ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी भिल्ला रियलको भने यो यस सिजनको नवौं हार हो । यो हारपछि १७ खेलमा १६ अंक रहेको भिल्ला रियल १४औ स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *