च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्बजनिक

डिसी नेपाल
३ पुष २०८० ९:४३
300
Shares

काठमाडौं। यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्बजनिक गरिएको छ।

साेमबार गरिएको ड्र मा प्रिमियर लिग क्लब आर्सनलले पोर्चिगुच क्लब पोर्टो प्रतिद्वन्दी पाएको छ भने स्पेनिस क्लब बार्सिलोनाले इटालीयन क्लब नापोली प्रतिद्वन्द्वी पाएको छ।

त्यसैगरी फ्रेन्च च्याम्पियन पिएसजीले स्पेनिस क्लब रियल सोसियडाड प्रतिद्वन्द्वी पाएको छ भने स्पेनिस क्लब एटलेटिको म्याड्रिडले इटालीयन क्लब इन्टर मिलानसँग खेल्ने भएको छ।

त्यसैगरी नेदरल्याण्डसको क्लब पीएसभीले जर्मनी क्लब डोर्टमण्डको सामना गर्ने भएको छ। त्यस्तै इटालियन क्लब लाजियोले जर्मनी क्लब बायर्न म्युनिखको सामना गर्ने छ भने डेनमार्कको क्लब कोपेनहेगनले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ।

त्यसैगरी जर्मनी क्लब आरबी लेइपजिंगले स्पेनिस महारथी रियल म्याड्रिडको सामना गर्ने छ। अब राउण्ड १६ का खेल होम र अवेका आधारमा फेब्रुअरी र मार्चमा हुने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *