एनसेलबारे जवाफ दिन प्रधानमन्त्री पुगे राज्य व्यवस्था समितिको बैठकमा

डिसी नेपाल
३ पुष २०८० १२:१२
56
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका छन्।

संसदीय समिति अन्तर्गत राज्य व्यवस्था समितिको आजको बैठकमा एनसेल खरिद बिक्रीबारे प्रधानमन्त्रीसँग समितिले जवाफ मागेका छन्।

सरकारले हालसम्म गरिएको कामको बारेमा प्रधानमन्त्रीले समितिमा जानकारी गराइरहेका छन्। बैठकमा उनले सरकारले एनसेलको सेयर बिक्री अध्ययन तथा छानबिन समिति बनाएको जानकारी दिएका छन्।

उनले एनसेलको सेयर किनबेच भएको कुरा आफूले कोप-२८ मा सहभागी हुन दुवई रहेको बेलामा थाहा पाएको पनि सुनाए।

प्रधानमन्त्रीले भने। ‘मैले दुबईमा नै सुने र भोलिपल्ट नै फर्किएँ। त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए। मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्‍यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो। सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु। योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाएँ। यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टंकमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.