राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाउन छलफल, उमेर हद हटाउन नेताहरु तयार
काठमाडौं। नेकपा(एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबारदेखि जारी छ। बैठकमा विविध राजनीतिक विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
आसन्न राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाउने विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार राष्ट्रिय सभामा पार्टीले ३ सिट दाबी गरेको छ। जसमा आकांक्षी पार्टीका पदाधिकारीदेखि बहालवाला मन्त्रीसमेत रहेका छन्।
नेकपा एसका वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल पनि राष्ट्रिय सभाको उम्मेदवारको आकांक्षी रहेको ती नेता बताउँछन्। भुसाल सरकारको कृषि मन्त्री हुन्। उनको कार्यकाल सकिन लागेपछि फेरि राष्ट्रिय सभाको आकांंक्षी भएको बताइएको छ।
ती नेताका अनुसार उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, नेत्री दिलकुमारी पन्त, सावित्री भुसाल र गणेश विक पनि आकांक्षी रहेका छन्।
नेकपा एसले बागमती प्रदेशमा २ र कर्णालीमा एक गरी तीन जना सदस्य राष्ट्रिय सभाको निर्वाचनमा पाउने गठबन्धनमा आन्तरिक सहमति भएको बताइएको छ। यद्यपि पार्टीले गठबन्धनमा ६ सिट पाउनुपर्ने अडानमा रहेको स्रोतले जनाएको छ।
यसैगरी एमालेको स्वामित्व आफूले लिएको बताएको नेकपा एसले एमाले विधानमा रहेको ७० वर्षे उमेर हद लागू नगरी संशोधन गर्ने तयारीमा लागेको छ।
आगामी जेठ ४ गते महाधिवेशन घोषणा गरेको उक्त दलले एमालेको विधान अनुरुप राजनीतिक कार्यदिशा तय गरेको छ। एमालेले आफ्नो विधानमा कायम गरिएको ७० वर्षे उमेर हद तत्कालका लागि निलम्बन गरिसकेको छ।
नेकपा एसले पनि आगामी निर्वाचनमा शीर्ष नेताहरु नै नेतृत्वको आकांक्षी भएकाले उमेर हदसम्बन्धी प्रावधान संशोधन गर्ने तयारी थालेको बताइएको छ।







डिसी नेपाल








Facebook Comment