आईपीएलको इतिहासमै महँगा खेलाडी बने मिचेल स्टार्क
काठमाडौं। इन्डियन प्रिमियर लिग आइपिएल २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले कीर्तिमानी मूल्य पाएका छन्। स्टार्कलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्सले किनेको छ।
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका लागि दुबईमा भएको खेलाडीको अक्सनमा अष्ट्रेलियन तिव्र गतिका बलर मिचेल स्टार्क आईपीएलको इतिहासका सर्वाधिक महंगा खेलाडी बनेका छन्।
यसैगरी अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर स्पेन्सर जोनसनलाई गुजरात टाइटन्सले १० करोड भारुमा किनेको छ।
त्यसैगरी रोयल च्यालेन्जर्स बेंगलोरले वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारु, न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेललाई पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले १४ करोड भारु, अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई सनराइर्ज हैदराबादले २० करोड ५० लाख भारुमा किनेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment