फुटबल : वीरगञ्जले काठमाडौंलाई हरायो

डिसी नेपाल
५ पुष २०८० २२:३०
40
Shares

काठमाडौं । वीरगञ्ज युनाइटेडले काठमाडौं रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।

दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौं रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे । यता काठमाडौंका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने काठमाडौंले लियो । खेलको २१औँ मिनेटमा काठमाडौंका जुनियरले कुल्दीप कार्कीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले प्रहार गरेको बल बचाउने क्रममा काठमाडौँका आन्द्रेस नियाले ह्याण्ड गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।

जसको सदुपयोग वीरगञ्जका विलियम ओपोकुले गरे । त्यस्तै खेलको दोस्रो हाफमा वीरगञ्जले थप तीन गोल ग¥यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ५६ र ५७औँ मिनेटमा ओपोकुले लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै पराजित काठमाडौंले सात खेलमा नौ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.