फ्रोसिनोनेमाथि युभेन्टस २-१ ले विजयी

डिसी नेपाल
७ पुष २०८० २०:१५
12
Shares

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले फ्रोसिनोनेलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा युभेन्टसले फ्रोसिनोनेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा केनान यिल्डिज र दुसान भ्लाहोभिकले एक एक गोल गरेका थिए । त्यसैगरी जैमे बाएजले फ्रोसिनोनेका लागि एक गोल गरेका थिए ।

यो युभेन्टसको यस सिजनमा १२औं जित हो । १७ खेलमा ४० अंक भयेको युभेन्टस लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी फ्रोसिनोनेको १७ खेलमा १९ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.