ब्रिटिश बिलिनियर राटक्लिफले किने म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर

डिसी नेपाल
९ पुष २०८० ८:४८
124
Shares

काठमाडौं। ब्रिटिश बिलिनियर जिम राटक्लिफले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर किनेका छन्। जिम राटक्लिफको कम्पनिको आइएनईओस समुहले म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर १.५९ बिलियन डलरमा किनेको हो।

म्यानचेस्टर युनाइटेडले एक विज्ञप्ति जारी गर्दै जिम राटक्लिफले म्यानचेस्टर युनाइटेडको पूर्वाधार बनाउन थप ३०० मिलियन डलर खर्च गर्ने जानकारी दिएको छ।

साथै म्यानचेस्टर युनाइटेडको फुटबल अप्रेसन अब जिम राटक्लिफको आइएनइओएसले संचालन गर्ने सहमति समेत भएको बताइएको छ।

सहमतिपछि जिम राटक्लिफले क्लबको लाइफ टाइम सपोर्टरबाट क्लबको बोर्डमा पुग्ने यस अवसरले क्लबलाई कमर्सियल रुपमा सफल बनाउने र लामो समयदेखिको ट्रफी विहिनको अवस्था हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *