पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा

डिसी नेपाल
९ पुष २०८० २१:१७
88
Shares

काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । यस सिजनको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि यस खेलमा अतिरिक्त ३० मिनेटमा थप १–१ गोल भएपछि २–२ गोलको बराबरीमा खेल सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

पोखरा थन्डर्सले अतिरिक्त समयको पहिलो हाफको १०औं मिनेटमा स्टेफेन कोजोको गोलमा अग्रता लिए पनि खेलको १२०औं मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल २–२ को बराबरी गरेका थिए ।

यस अघि खेलको पाँचौं मिनेटमा नै आयुष घलानको गोलमा पोखराले अग्रता बनाएको थियो भने खेलको ५३औं मिनेटमा धनगढी एफसीले देवेन्द्र तामाङको गोलमा बराबरी गर्दै खेलमा फर्किएको थियो ।

यो जितपछि धनगढी फाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत पोखरा थन्डर्सले अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । अब पोखराले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ ।

इलिमिनेटरको खेल मंगलबार हुने छ भने दोस्रो क्वालिफायर बिहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.