प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान

डिसी नेपाल
१० पुष २०८० ८:४६
556
Shares

मुम्बई। बाहुबली पछि प्रभासको ‘सालार’ ब्लकबस्टर साबित भएको छ।

बितेका ३ दिनमा सय वा २०० करोड मात्रै नभई ४ सय करोड नाघेको यो फिल्मको विश्वव्यापी कलेक्सन हेर्दा यो कुरा थाहा पाउन सकिन्छ।

यति मात्रै होइन, फिल्मले दर्शकको अझै पनि निकै माया पाइरहेको छ। क्रिसमसको बिदामा सालारले ५०० करोडको आँकडा पार गर्छ कि गर्दैन? त्यो भने हेर्न बाँकी छ। तर हामी तपाईलाई बताउँछौं कि सालारले ३ दिनमा विश्वभर कति कमाई गरेको छ त?

रिपोर्टका अनुसार प्रभास र पृथ्वीराज सुकुमारनको सालारको तीन दिनको विश्वव्यापी कलेक्सन ४०२ करोड रुपैयाँ पुगेको छ। जहाँ भारतमा यो कमाई २०९.१ करोड पुगेको छ। पहिलो तीन दिनको कुरा गर्ने हो भने फिल्म सालारले ९०.७ करोडको ओपनिङ गरेको थियो भने दोस्रो दिन ५६.३५ करोड र तेस्रो दिन ६२.०५ करोड कमाइसकेको छ।

यसबाहेक प्रशान्त नीलको फिल्मले क्रिसमसको बिदामा २५ हजारभन्दा बढी टिकट बिक्री गरेको खबर छ, जुन रेकर्ड ब्रेकिङ हो। उल्लेखनीय छ कि प्रशान्त नीलको ‘सालार’ हिट हुनुभन्दा पहिले प्रभासका साहो र आदिपुरुष जस्ता फिल्महरु फ्लप भएका थिए। तर, ‘सालार पार्ट १ः सीजफायर’ ले सम्पूर्ण खेल बदलिदिएको छ र बक्स अफिसमा डन्कीलाई पराजित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *