कुमारको प्रियसीमा बिना र निक्सको रोमान्स
काठमाडौं। गीतकार कुमार शिवाकोटीको चर्चित गीत ‘प्रियसी’ को सफलतासँगै सिउॅंडीको काँडैमा रिलिज गरिएको छ। गायक रमेश कँडेलको स्वर रहेको सिउॅंडीको कांडैमा कल्याण सिंहको संगीत रहेको छ भने मोहीत मुनालको एरेन्ज रहेको छ।
छमछम नचाउने डान्सिङ शैलीको सिउॅंडीको काँडैमा सुन्दरी मोडल बिना राउतसँग ह्याण्डसम निक्स शर्मा गज्जबसँग खुलेका छन्। एक रोमान्टिक प्रेम कहानी र आफ्नी मायालुको प्रेमीले खुलेर प्रशंसा गरिएको सिउॅंडीको काँडैमा निर्देशक प्रहील कार्कीले बिना र निक्सलाई छमछम नचाएका छन्।
प्रेम, रोमान्सले भरिएको सिउॅंडीको काँडैमाको निर्माताका रुपमा यशना लुईंटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटी रहेका छन्। यसअघि प्रेम र विरहका गीतहरु बजारमा ल्याएका गीतकार कुमार शिवाकोटीले फरक शैलीको छमछम नचाउने गीतको भिडियोबाट आँफुले निकै नै आशा राखेको बताए।
अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, ‘पिरतीको खेल’, ‘प्रियसी’ बजारमा ल्याइसकेका छन्। उनको हामी नेपाली बोलको गीत रिलिजको क्रममा रहेको छ। गीत लेखनमा लामो समयदेखि आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरू आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन्। सार्वजनिक गीतको भिडियो जन्मभूमि इन्टरटेनमेन्ट मार्फत् बजारमा आएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment