एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्डले निर्णायक गोल गरेका थिए। पहिलो हाफमा २-० गोल अन्तरले पछि परेको युनाइटेडले खेलको दोस्रो हाफमा कमब्याक गर्दै जित निकालेको थियो।
म्यानचेस्टर युनाइटेडका लागि सुरुवाती दुवै गोल अलेजान्द्रो गार्नाचोले गरेका थिए। यसअघि पहिलो हाफमा एस्टन भिल्लाका लागि जोन म्याकगीन र लीन्डर डेनडोंकरले एक एक गोल गरेका थिए।
यो म्यानचेस्टर युनाइटेडको यस सिजनको १०औं जित हो। यो जितपछि १९ खेलमा ३१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा छैटौं स्थानमा उक्लिएको छ।
त्यस्तै एस्टन भिल्लाको भने यो यस सिजनमा चौथो हार हो। १९ खेलमा ३९ अंक रहेको भिल्ला लिगमा तेस्रो स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment